एक बर्ष भित्रै नेपालमा पानीजहाज

प्रधानमन्त्री केपी ओलीले जलमार्ग र रेलमार्गको कुरा गर्दा केहीलाई सह्य नहुने भन्दै यसै वर्ष वे बंगालबाट पानीजहाज सञ्चालन भए अनौठो मान्नु नपर्ने बताएका छन्।

सरकारले युगान्तकारी परिवर्तन गर्ने कुरा बजेटमा ल्याएको भन्दै ओलीले रेलमार्ग र जलमार्गलाई हल्का रूपमा नलिन पनि आग्रह गरे।

नेकपाको बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘वे बंगालबाट पानीजहाज यही वर्षभित्र सुरु भए अनौठो मान्नुपर्दैन। आलोचकलाई उद्घाटनमा सँगै लैजानेछु।’

जलमार्गबाट भारतको कोलकाताको ओसारपसार गर्ने काम निकट भविष्यमै सुरु हुने पनि उनले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकले यो खबर छापेको छ।

आफूले रेलमार्ग र जलमार्गको कुरा गर्दा केही मान्छेमा ‘यो काम गर्न सकिन्छ भन्ने कुराको आत्मविश्वास नै नहुने’ भन्दै ओलीले असन्तुष्टि जनाए।

असाधारण प्रतिबद्धतासाथ बजेट आएको भन्दै ओलीले यसको कार्यान्वयनमा जोड दिइने उनको भनाइ छ।

‘यो बजेट हावादारी हो भन्ने पनि सुनियो’, प्रधानमन्त्री ओलीले भने, ‘यो बजेटलाई हावादारी भन्नु सबैभन्दा हावादारी हो।’

बिहि, जेष्ठ १७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस