वेष्टइण्डिज बिरुद्द नेपाली स्पिनर सन्दिपले गरेको ब्याटिंग (भिडियो सहित) !

जेठ १८ – वेष्ट इण्डिज विरुद्धको च्यारिटी म्याचमा विश्व एघार पराजित भएको छ । नेपाली युवा स्टार सन्दीप लामिछानेले ब्याटिङ र बलिङ दुवै मौका पाएको खेलमा विश्व एघार ७२ रनले पराजित भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि इर्भिन लुइसले ५८ रन, दिनेश रामदिनले ४४ रन, मर्लुस सामुयल्सले ४३ रन, क्रिश गेलले १८ रन, एन्ड्रु रसेलले २१ रन तथा आन्द्रे फ्लेचरले ७ रन बनाएका थिए ।

बलिङतर्फ रसिद खानले २ विकेट लिए भने शोहिव मलिक र शाहीद अफ्रिदीले १–१ विकेट हात पारे

हेर्नुस सन्दिपले गरेको ब्याटिंग

शुक्र, जेष्ठ १८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस