फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री, शहरी विकासको जिम्म्मा मोहम्मद इस्तियाक राईलाई !

जेठ १८ काठमाडौँ, संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रीको जिम्मेवारी पाएका छन् । अध्यक्ष यादव स्वास्थ्य मन्त्री हुने पक्का भएपछि दुई मन्त्रालय सहित फोरम आजै सरकारमा सहभागी हुने भएको छ ।

जिम्मेवारीको टुंगो लागेकाले दिउसो ३ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको यादवको प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए । फोरमले अर्को शहरी विकास मन्त्रालय पाएको छ । जसको जिम्मेवारी मोहम्मद इस्तियाक राईले सम्हाल्ने यसअघि नै टुंगो लागिसकेको छ ।

 

 

 

 

शुक्र, जेष्ठ १८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस