नारायणी टुडेको दोश्रो पटक पनि बार्षिकोत्सव थाईल्याण्डमा, सञ्चार उद्यमी नविराज सम्मानित

थाईल्याण्ड, १८ जेठ । चितवनको चर्चीत नारायणी टुडे राष्ट्रिय मासिकले आफ्नो १८ औँ बार्षिकोत्सव फेरि पनि पर्यटकीय शहर थाईल्याण्डको पटायामा मनाएको छ ।
१८ औँ बार्षिकोत्सवको एक भव्य समारोहका विच भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले १८ वटा मैनवत्ती बालेर उद्धघाटन गरेकी थिईन् ।
सो अवसरमा बोल्दै उपमेयर शाहले सञ्चार जगत राष्ट्र विकासका लागि अपरिहार्य भएको भन्दै सञ्चार विना नेपालको विकास र समृद्धि हासिल हुन नसक्ने बताईन् ।
उनले नेपाललाई नमुना बनाउन सञ्चारको विकास लागि आफु सधै कटिवद्ध भएर लाग्ने प्रतिवद्धता समेत जनाईन् । भने विगत १८ बर्ष देखि चितवनबाट प्रकाशित भई मुलुकमा नै अलग पहिचानका साथ नारायणी टुडेले जन भावनालाई कदर गर्दै विकास र समृद्धिमा लम्कीएको नेपाली विकृतीको भण्डाफोर गर्न सुझाव दिईन् ।
सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथि रहेको नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य नेपाली पत्रकारितामा अझै समस्या रहेको भन्दै राज्यले स्पष्ट निति बनाए पत्रकारिताको विकासमा लाग्नु पर्ने बताए ।
कार्यक्रममा एनआरएन थाईल्याण्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठले नारायण्ी टुडे नेपालमा मात्र नभएर थाईल्याण्डमा नै आएर बार्षिकोत्सव मनाई यसको विकास लागि थप मद्दत पुगेको बताए ।
यस्तै कार्यक्रममा नै शुभकामना मन्तव्य राख्दै एनआरएन थाईल्याण्डका संस्थापक महासचिव सुनिल खड्काले थाईल्याण्डमा धेरै नेपालीहरुले सिक्नुपर्ने कुरा रहेको भन्दै यहाँ धेरै समस्याहरु रहेको ति समस्याहरु हल गर्न पत्रकारिता मार्फत पहल गर्न आग्रह गरेका थिए ।
पत्रिकाका प्रकाशक सम्पादक वीरेन्द्रमणि पौडेलले पत्रिकाकाले गत बर्ष जस्तै यो बर्ष पनि नेपाल र थाईल्याण्डको सम्बन्ध विस्तारसगैँ पर्यटन विकासका लागि यहाँ नै आएर बार्षिकोत्सव मनाएको बताए ।
पत्रिकाका प्रकाशक सम्पादक वीरेन्द्रमणि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय कोषाध्यक्ष नवराज ढकाल, एनआरएन थाईल्याण्डका सदस्य एवं थाई मार्ट भरतपुरका सञ्चालक प्रकाश सुवेदी, रेडियो भरतपुरका अध्यक्ष नविनराज पौडेल लगायतले बोलेका थिए । सोही अवसरमा थाईल्याण्डमा रहेका नेपाली भाषी आयुष श्रेष्ठको सांगितीक प्रस्तुतीसगैँ एनआरएन थाईल्याण्डले चितवनदेखि आएको टोलीलाई रात्रिभोज समेत गराएको थियो ।

रेडियोकर्मी नविनराज सम्मानित
सञ्चार उद्यमी तथा रेडियोकर्मी नविनराज पौडेल थाईल्याण्डमा सम्मानित हुनुभएको छ ।
विगत एक दशकदेखि नेपाली सञ्चारमाध्यममा सशक्त भुमिका खेलेका पौडेलले सञ्चारमाध्यम र सामाजिक कार्य मार्फत समाजमा पुराएको योगदानको कदर गदै नारायणी टुडे राष्ट्रिय मासिक पत्रिकाले सम्मान गरेको पत्रिकाका प्रकाशक सम्पादक वीरेन्द्रमणि पौडेलले बताए ।
नारायणी टुडेको ११ औँ बाषिकोत्सवको अवसरमा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह, पत्रिकाका प्रकाशक सम्पादक वीरेन्द्रमणि पौडेलले नविनराजलाई सम्मानपत्रसहित सम्मानित गरेका थिए ।
सम्मानित पौडेल रेडियो भरतपुरसगैँ रेडियो देवघाट, नेपालबाणी नेटर्वक, प्रोफेसनल मिडियामा आवद्ध रहेका छन् ।

शुक्र, जेष्ठ १८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस