बिप्लव समूहद्धारा चुनढुंगा खानी निकाल्न प्रयोग गरिएको एक्साभेटरमा आगजनी

सन्तकुमार चौधरी,
चितवन,१९ जेठ । चितवनको शक्तिखोरमा रहेको चुनढुङगा खानी निकाल्न प्रयोग गरिएको एक्साभेटरमा शनिवार बिहान बिप्लब समुहले आगजनी गरिएको छ ।
विहान साढे ३ बजेको समयमा मोटरसाइकलमा आएका २ जना युवाले आगजनी गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । कालिका नगरपालिका ९ स्थित चुनढुङ्गाको स्टोरमा रहेको राखिएको एक्साभेटरमा आगजनी गरेका हुन् ।
चुनढुङगा खानी उत्खनन् गरिरहेको कम्पनी स्टार लाईभ इन्डस्ट्रीजले प्रयोग गरिरहेको लुम्बिनी बुद्ध कन्सटक्सनको एक्साभेटरमा आगजनी गरिएको हो । आगजनीबाट एक्साभेटरको धेरै भाग जलेर क्षति भएको छ । आगजनी गरिएको क्षेत्रमा बिप्लब समूहको पर्चा भेटिएको चितवनका प्रहरी प्रमुख शुसिल सिंह राठौरले बताउनु भयो जिल्ला जनपरिषद् चितवनको नाममा छोडिएको पर्चामा स्थानीयसंगको सहमती अनुसार काम नगरेको, सडक निर्माण, खानेपानी र बस्ति स्थानान्तरण लगाएतका काम नगरेको भन्दै कार्बाही गरिएको उल्लेख गरिएको छ । घटनामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

शनि, जेष्ठ १९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस