चीनसंगको किमाथांका नाका खोल्न पहल गर्न पुगे गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले किमाथांका नाका खोल्न आफूले पहल गर्ने बताएका छन्।

शनिबार संखुवासभाको किमाथांका नाकाको निरीक्षणपछि गृहमन्त्री थापाले यो नाका प्रदेश नम्बर १ को विकासका लागि मात्रै नभएर सम्पूण दशकै विकासका लागि महत्वपूर्ण रहेको बताए।

पूर्वी नेपाललाई चीनसँग जोडने नाकाको रुपमा परिचित यो नाकामा नेपालका तर्फबाट अझै यातायात सुविधा समेत पुगेको छैन।

निरीक्षणका लागि पुगेका गृहमन्त्री थापासँग स्थानीयले सञ्चार र यातायात सेवा नभएको गुनासो गरेका थिए। उनीहरुले यहाँ अवस्थित प्रहरी चौकीको स्तरोन्नति गर्न समेत माग गरेका थिए।

किमाथांकाको परिपट्टि रहेको चीनमा सबै सेवा र सुविधा उपलब्ध भए पनि नेपालमा भने यातायातको व्यवस्था समेत नभएको भन्दै विकासका लागि पहल गरिदिन मन्त्री थापासँग स्थानीयले माग गरेका छन्।

स्थानीयको मागलाई सम्बोधन गर्नेगरी आफूले पहलकदमी लिने मन्त्री थापाले आश्वासन दिएका थिए।

शनि, जेष्ठ १९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस