यस कारण सडकमै निस्किए गृहमन्त्री रामबहादुर थापा……..

गृहमन्त्री रामबहादुर थापा आफै सडकमा ओर्लिएर सवारीसाधनको प्रदूषण चेकजाँच गरेका छन्।आइतबार बिहान वन तथा वातावरण मन्त्री शक्ति बस्नेतसहित गृहमन्त्री थापाले प्रदूषणको छड्के जाँच गरेका हुन्।

थापाथली चोकमा पुगेर मन्त्रीद्वयले सवारीसाधनको प्रदूषणको चेकजाँच गरेका थिए। विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मन्त्रीद्वयले सडकमै गएर प्रदूषण चेकजाँच गरेका हुन्।यस क्रममा गृहमन्त्री थापाले सवारीसाधनले प्रदूषण मापदण्ड पालना गर्नु अनिवार्य रहेको भन्दै यसको नियमित चेकजाँच आवश्यक रहेको बताए। धुलो र प्रदूषण बढ्नुमा भ्रष्टचार पनि जोडिएको भन्दै गृहमन्त्री थापाले यसलाई निस्तेज पारिने बताए।

वातावरणमन्त्री बस्नेतले प्रधानमन्त्रीकै सहभागितामा यही जेठ २२ गते स्वच्छ नेपाल महाभियान सुरु गर्न लागिएको जानकारी दिएका छन्।प्रदूषण नियन्त्रण, फोहर व्यवस्थापन र हरियाली प्रवद्र्धनलाई एकीकृत गरेर महाभियान सुरु गर्न लागेको मन्त्री बस्नेतले बताए।

 

 

 

आइत, जेष्ठ २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस