राम राम भन्ने हो काध थाप्न सकिदैन भन्दै गगन थापाले गरे बजेटबारे यस्तो कडा टिप्पणी (भिडियो सहित)

काठमाडौँ — नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटको बारेमा कडा टिप्पणी गरेका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको बजेटमा शाहस गर्न नसकेको आरोप उनले लगाएका छन् सबैभन्दा बढी  कर तिर्नेसंग कर बढाउन कुनै बिज्ञ अर्थमन्त्री चाहिदैन उनले भने बजेटमा स्पष्टता, समृद्धितर्फको मार्गदर्शन, साहस र सृजनशिलताको अभाव छ

उनले बजेटमा समृद्धितर्फको मार्गदर्शनको समेत अभाव रहेको बताएका हुन् । ‘पूर्वाधार निर्माणमा जसरी बजेट छरिएको छ । त्यसले राम्रो गर्दैन,’ उनले भने, ‘यसले लगानीको वातावरण पनि निर्माण गर्न सकेन ।’

हेर्नुहोस थापाले गरेको सम्बोधन 

उनले अर्थमन्त्री खतिवडाले बजेटमा केही नराम्रा पूर्व योजनालाई कटौती गर्ने साहस गर्न नसकेको पनि आरोप लगाएका छन् । उनले बजेटमा पुन: सांसदलाई आफ्नो क्षेत्र विकासका नाममा रकम विनियोजन गरेर गल्ती गरेको आरोप लगाए । यस्तै सांसद थापाले आगामी वर्षको बजेटमा सृजनशिलताको अभाव रहेको र त्यसले गर्दा पूर्वाधार विकासका लागि विनियोजन गरिएको विषयमा पनि कुनै सृजनशिलता नभएको बताएका छन् ।

आइत, जेष्ठ २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस