ब्राजिलमा मार्क्सवाद पढाउँदै दुई नेपाली कम्युनिस्ट नेता

काठमाडौं- नेकपाका सचिवालय सदस्यद्वय माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ मार्क्सवाद पढाउन ब्राजिल पुगेका छन्। शनिबार राति कतारको दोहा हुँदै उनीहरू त्यसतर्फ गएका हुन्।

संयोग नै मान्नुपर्छ, नेपाल र श्रेष्ठबीच अलग पार्टी हुँदा पनि सम्बन्ध घनिष्ठ थियो। उनीहरूले ‘को फ्लोस्र्टन फर्नान्डेज नेसनल स्कुल’मा एक सातासम्म मार्क्सवाद पढाउने छन्।

मार्क्सवादबारे नियमित कक्षा चलाउन नेपालमा ‘मदन भण्डारी एसियन स्कुल’ स्थापना गर्ने क्रममा ब्राजिलको फ्लोस्र्टन फर्नान्डेज नेसनल स्कुलको अवलोकन र छलफल गर्ने कार्यक्रम छ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार नेपालमा एसियास्तरको मार्क्सवादी विद्यालय सञ्चालनको तयारी भइरहेको छ। त्यसरी स्थापना हुने विद्यालयमा भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकका मार्क्सवादी नेता/कार्यकर्ताले अध्ययन गर्न पाउनेछन्। प्राथमिक, माध्यमिक र उच्च गरी तीन तहमा विद्यालय सञ्चालन हुनेछ।

सोम, जेष्ठ २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस