१० अर्बको ठगी धरौटीमा रिहाई !

घर जग्गा व्यवसाय र सहकारी बचतकर्ताको १० अर्व ठगी प्रकरणमा सदरखोर डिल्लीबजारको थुनामा रहेका सुधीर बस्नेत सोमबार धरौटीमा रिहा भएका छन्।काठमाडौं, भक्तपुर र स्याङजा जिल्ला अदालतमा मुद्दा खेपिरहेका बस्नेत तीनै अदातलले धरौटीमा रिहाको आदेशपछि सोमबार छुटेका हुन्।

सदरखोर डिल्लीबजारका प्रमुख उपसचिव अरुण पोखरेलले बस्नेत धरौटीमा रिहा भएको पुष्टि गरेका छन्। उनले अदालतको बस्नेतलाई रिहा गर्ने आदेश पत्र आएपछि रिहा गरिएको बताए।

प्रहरीले सर्वोच्च अदालतको फैसला कार्यन्वयनका लागि २०७३ पुस १३ मा पक्राउ गरेका बस्नेत सदरखोरमा थिए।

उनले ओरियन्टल र भेगास सिटीमा लगानी गरेका प्रभावशाली व्यक्तिको करिब ८० करोड रुपैयाँभन्दा बढी रकम विभिन्न माध्यमबाट फिर्ता गरेपछि उनले सर्वसाधारणकोमात्र १० अर्व रकम फिर्ता गर्नुपर्ने छ।

 

 

 

मङ्ल, जेष्ठ २२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस