विवेकशील साझा पार्टीका जिल्ला अध्यक्षसहित, दर्जनौ कार्यकर्ता नेकपा प्रवेश !

काठमाडौं, २२ जेठ । विवेकशील साझा पार्टी पर्सा जिल्ला अध्यक्षसहितकाे समुह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ । मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा साे पार्टीका नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले अबिर र माला लगाएर पार्टी प्रवेश गराउनु भएकाे थियाे ।

विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेको नेतृत्वमा व्यवस्थापिका प्रमूख बबिल थापा, कार्यपालिका प्रमूख मुस्ताक अलाम, न्यायपालिका प्रमूख सुरेशकुमार बादल लगायतको सिंगो पार्टी नेकपामा प्रवेश गरेको हो । अध्यक्ष पाण्डे जनयुद्ध कालका जिल्ला जनसरकार उपप्रमुखसमेत हुनुहुन्छ ।

 

मङ्ल, जेष्ठ २२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस