ओली सरकार बारे काँग्रेस र राजपाको एकै विश्लेषण ”नेकपा र फोरम सत्ता कब्जामा लागे” !

काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । स्रोतका अनुसार दुवै पार्टीका नेताहरुबीच बसेको गोप्य बैठकमा वर्तमान सत्तारुढ दल नेकपा र संघीय समाजवादी फोरम नेपाल सत्ता कब्जा गर्न उद्धत रहेको निश्कर्ष निकालेको छ ।

त्यस्तै प्रतिनिधि सभा सञ्चालन नियामावली पनि सर्वसम्मतीबाटै पारित गराउनुपर्नेमा उनीहरुको जोड छ । उक्त नियामावली सर्वसम्मतीबाट पास नगरी बहुमतबाट अघि बढाईए संसदमा जस्तोसुकै मुठभेड गर्नपनि पछि नहट्ने कांग्रेस–राजपा नेपालका नेताहरुको निश्कर्ष छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले पत्रकार ऋषि धमलासँग कुरा गर्दै भने,‘सर्वसम्मतीबाट उक्त नियामाली पारित हुन सकेन भने हामी संसदमा मुठभेड गर्नपनि पछि हट्दैनौं।’

कांग्रेस र राजपाबीच सैद्धान्तिक रुपमा कुनै विवाद नभएकोले पार्टी एकतामा जाने कि भन्ने छलफल समेत सुरु भएको छ । यदि एकता तत्काल सम्भव नभए गठबन्धन गर्नुपर्नेमा यी दुई पार्टीका नेताहरुले जोड दिएका छन् ।

 

मङ्ल, जेष्ठ २२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस