यी हुन देउवाले मनोनयन गरेका तिन जना केन्द्रीय सदस्य, हेर्नुस को को परे ?

जेठ २४ काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा ३ जनालाई मनोनित गरेका छन्।देउवाले बिहीबार लम्जुङका दिलबहादुर घर्ती, दाङकी शिला खड्का र काभ्रेपलाञ्चोकका शिव हुमागाइँलाई केन्द्रीय सदस्य मनोनित गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

१३ औं महाधिवेशन सकिएको दुइ वर्षपछि देउवाले केन्द्रीय समितिमा तीन जनालाई मनोनित गरेका हुन्। अझै एक जना मनोनित गर्न बाँकी छ।

कांग्रेस विधानअनुसार सभापतिले २१ जनालाई केन्द्रीय समितिमा मनोनित गर्न पाउँछन्। सभापतिसहित निर्वाचित र मनोनित गरी कांग्रेसमा ८५ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्य हुन्छन्।

 

 

बिहि, जेष्ठ २४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस