बजेटमा बोलेका सबै कुरा एक बर्षमा पुरा गर्छौ, बिगतमा जस्तो बोल्ने मात्र बजेट होइन – अर्थमन्त्री खतिवडा

२५ जेठ, काठमाडौं । आर्थिक पत्रकार सामाज (सेजन) ले काठमाडौंमा गरेको  ‘पोष्ट बजेट डिस्कसन’मा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत बाह्य उत्पादनमा आधारित अर्थतन्त्र, त्यसको आधारमा टिकेको राजश्व संकलन र वित्त व्यवस्था तथा खर्च प्रणालीको दिशा परिवर्तन गर्न गरेर बजेटमार्फत आफूले नेपाली अर्थतन्त्रको कोर्स करेक्सन थालेको बताएका छन् ।

सरकारले बजेटमार्फत बाह्य उत्पादनमा आधारित अर्थतन्त्र, त्यसको आधारमा टिकेको राजश्व संकलन र वित्त व्यवस्था तथा खर्च प्रणालीको दिशा परिवर्तन गर्न चाहेको उनले बताए । ‘मैले यो बजेटबाट कोर्स करेक्सनको बाटो लिएको हुँ’ उनले भनेका छन् ।

नेपालीहरुले आफ्नो स्वविवेकले काम गर्न पाउन् भनेर बजेटमा कृषि या उद्योग भनेर कुनै खासका क्षेत्रका आधारमा राष्ट्रिय पुँजी निर्माण गर्ने नतोकिएको उनले बताए । ‘सानातिना अन्तर्राष्ट्रिय धक्का आउँदा पनि मुलुक धान्न सकिने अवस्थमा पुर्‍याउनुपर्छ’ खतिवडाले भने, ‘त्यो अर्थतन्त्र सबल, स्वाधिन, अन्तर निर्भरतासहित आत्मनिर्भर अर्थतन्त्र बन्नसक्छ भन्ने मान्यतालाई बजेटमार्फत कार्यान्वयन गर्न खोजिएको हो ।

 

हेर्नुहोस सो कार्यक्रममा डा खतिवडाले गरेको सम्बोधन 

शुक्र, जेष्ठ २५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस