काठमाडौंका यी ३ सय आयोजनाका ठेकेदारमाथी कारवाहीको सिफारिस (नामसहित) !http://www.sunaulonepal.com/2018/06/08/1676/

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका विभिन्न स्थानमा समयमै काम सम्पन्न नगर्ने ठेकेदारको नाम सङ्कलन गरेको छ । मन्त्रालयले यस्ता ठेकेदारलाई कारबाही गर्नका लागि नामावली सङ्कलन गरेको जनाएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंभित्र समयमा काम सम्पन्न नगर्ने ठेकेदारको सूची गृह मन्त्रालयमा बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालयले दिएको सुचीमा करिब ३ सय कम्पनी रहेका छन् । जिल्ला प्रशासन कार्यालयको सहयोगमा देशका ७७ वटै जिल्लामा आयोजना सुरु गरेका तर सरकारसँग गरेको सम्झौताअनुसारको समयसीमामा काम पूरा नगरेका ठेकेदारको नाम सङ्कलन पनि जारी राखेको मन्त्रालय स्रोतले जनाएको छ ।

(जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाएको सूची)

 

शुक्र, जेष्ठ २५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस