नविन के भट्टराइको ‘मेरो नाम’ सार्वजनिक (भिडियो सहित) !

चर्चित पप गायक नविन के भट्टराइले ‘मेरो नाम‘ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । नबीन के भट्टराई नेपालका चर्चित पप गायक, रचनाकार तथा सङ्गीतकार हुन्। उनको यो गीत हिजो, जेष्ठ २४ गते विहिवारका दिन म्युजिक नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

म्युजिक भिडियो नविना भट्टराईले निर्देशन गरेका हुन भने गीतको शब्द नरेश देव पन्तले लेखेका छन् । गीतमा संगीत भने गायक नविन के भट्टराई स्वयंकै रहेको छ । संगीत संयोजन इमान विक्रम शाहले गरेका छन् ।

मेरो नाम गीतको म्युजिक भिडियोमा टिना आर.बी र संजय भट्टराईले निकै राम्रो अभिनय गरेका छन् भने भिडियोलार्इ ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन । हेर्नुहोस् भिडियो

शुक्र, जेष्ठ २५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस