डा. उपेन्द्र देवकोटाबारे गलत अफवाह फैलाएको भन्दै अस्पतालले निकाल्यो यस्तो बिज्ञप्ति

बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप असहज भएपछि सघन उपचार कक्ष, आइसियुमा राखेर उपचार भइरहेको छ।

पाँच दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर) मा राखिएका देवकोटालाई गएराति स्वास्थ्य केही सुधार देखिएपछि भेन्टिलेटरबाट निकालिएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा ६ महिनासम्म बेलायतमै उपचार गराए। तर त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि देपकोटा वैशाखको दोस्रो साता नेपाल फर्किएका थिए।

शनि, जेष्ठ २६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस