अस्पतालको शैप्यामा डा. उपेन्द्र देवकोटाले दाजुलाई भने सबैलाई मिलाएर लैजानुहोला !

जेठ २६ काठमाडौँ, क्यान्सरसँग जुझिरहेका बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देबकोटाले राजनीतिक, सामाजिक र सबै क्षेत्रका व्यक्तिहरुलाई मिलाएर लैजानुपर्ने आवस्यकता रहेको बताएका छन्।

नेकपाका नेतासमेत रहेका दाजु बाचस्पति देबकोटासँग शुक्रबार साँझ भएको कुराकानीमा डा देबकोटाले उपरोक्त कुरा बताएका हुन्।

शुक्रबार विहानैदेखि डा देवकोटाको स्वास्थ्यमा पहिले भन्दा धेरै समस्या देखिएपछि साँझ दाजु एबं नेकपा नेता बाचस्पति देबेकोटाले भेटेका थिए।

दिनभरि इन्तु न चिन्तु भएपनि देवकोटा साँझ थोरै बोल्न सके। ‘दाजु यो देशमा राष्ट्रिय एकताको खाँचो छ, त्यसैले परिवारलाई मात्र होइन, सबैलाई मिलाएर लैजान तपाईंले नेतृत्वदायी भूमिका निर्वाह गर्नुहोला।’

पारिवारिक स्रोतका भनाईमा, नेकपा नेता देबकोटाले तिमीले भने बमोजिम नै भूमिका खेल्नेछु’ भन्ने कुरामा डा देबकोटालाई आस्वस्त गराएका थिए।

 

शनि, जेष्ठ २६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस