देउवालाई ‘जिल्ला सभापतिले नै भने डडेलधुराका ७ पुस्ताले तपाईंलाई सराप्नेछन्’

डडेल्धुरा – निर्वाचनपटि पहिलोपटक गृह जिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भए ।

पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका हुन् ।

देउवा बस्ने स्याउबारी रिसोर्टमा भेट गर्न आउनेको संख्या पनि निकै पातलो थियो । आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको  छ ।

‘सभापतिज्यू, डडेलधुराका ७ पुस्ताले तपाईंलाई सराप्नेछन्’, कांग्रेसको जिल्ला सम्मेलनमा महिला संघ अध्यक्ष कमला विष्टले भनिन्, ‘डडेलधुराका जनतालाई ठूलो धोका दिइएको छ ।’

जिल्ला सभापति कर्ण मल्लले पनि देउवाको आलोचना गरे । आफूले संगठनका लागि काम गर्दा गर्दै नेतृत्वबाट पटक पटक लखेट्ने काम भएको उनले आक्रोश पोखे ।

देउवा बोलिरहँदा कार्यकर्ताले ‘स्वेच्छाचारी बन्न पाईंदैन’ भन्दै नाराबाजी गरो थिए ।

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस