प्रतिनिधि सभा बैठकमै काँग्रेसले भन्यो ”सभामुख वा उपसभामुख मध्ये एउटा पद छोड्नै पर्छ” !

जेठ२७  काठमाडौं प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख वा उससभामुख मध्ये एक पद छाड्न सत्तारुढ दल नेकपासँग माग गरेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको पालना गर्न नेकपालाई आग्रह गरिन् ।

एमाले र माओवादी केन्द्रबीच एकता गरेर बनेको नेकपालाई निर्वाचन आयोगले २४ जेठमा दल दर्ता गरिसकेको भन्दै उनले सभामुख र उपसभामुखमध्ये अब एक पद छाड्नुपर्ने बताइन् ।

राजनीतिक दल दलसम्वन्धी कानुनको दफा ३३ (१) ‘क’ मा सभामुख र उपसभामुखले दल त्याग गरेको मानिने छैन भन्ने व्यवस्था रहेको उनले स्मरण गराइन् ।

 

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस