संसदमा प्रश्न उठ्यो गृहमन्त्रीलाई प्रचण्डले आफ्ना ठेकेदार घरबेटीलाई कारबाही नगर्न भनेको हो कि हैन ? (भिडियो सहित)

जेठ २७ काठमाडौँ समयमा काम पूरा नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने अभियान चलाइरहेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दबाब दिएको बारे संसदमा प्रश्न उठेको छ।

नेमकिपाका सांसद प्रेम सुवालले संसदमा प्रश्न गरे, शैलुङ कन्स्ट्रक्सनका धनी शारदा अधिकारी, जो नेकपा अध्यक्ष प्रचण्डकै घरबेटी भएको पनि समाचारमा आएको छ। गृहमन्त्रीज्युले कारबाही गर्ने कुरा उठाउँदा नेकपा अध्यक्ष प्रचण्डज्युले गृहमन्त्रीज्युलाई बोलाएर कारबाही नगर्नू भनेर आदेश दिएको पनि समाचार आएकोले के कस्तो हो यस सदनलाई जानकारी दिनु आवश्यक छ।’

(भिडियो)

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस