लाजिम्पाटमा इजरायली दूतावासमा खटिएका नेपाल प्रहरीका असईले आफैंलाई गोली हाने !

जेठ २७ काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको नेपालस्थित इजरायली दूतावासमा खटिएका नेपाल प्रहरीका एक अधिकारीले आत्महत्या गरेका छन् ।

प्रहरी सहायक निरीक्षक (असई) अनुपराज थापाले बिहान साढे १० बजे आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले उनले आफ्नै कोठामा आफैंलाई गोली हानेर आत्महत्या गरेको पुष्टि गरे ।

 

 

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस