कसले राख्यो टिचिङ अस्पतालको ‘लकर’मा पेस्तोलसहित ३ गोली !

काठमाडौं । टिचिङ अस्पताल महारागञ्जको ‘लकर’बाट प्रहरीले पेस्तोलसहित ३ गोली बरामद गरेकाे छ । लामाे समयदेखि बन्द रहेकाे ‘रेडियोलोजी’ शाखाको लकरबाट पेस्तोल र गोली बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । यसबारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस