शंखमुलमा कसले जलायो सरकार गाडी !

काठमाडौं । काठमाडौंको शंखमुलस्थित यूएनपार्क छेऊ अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेका छन् ।

आइतबार दिउँसो राजश्व तालिम केन्द्र, हरिहर भवनको गाडीमा आगजनी भएको हो ।

काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाका अनुसार बा १ झ ८८१८ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् ।

आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस