बालाजु औद्योगिक क्षेत्रमा रहेको डीडीसीमा कृषि मन्त्रीले छापा मार्दा जे देखियो….

काठमाडौं, २८ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले दुग्ध विकास संस्थान (डीडीसी)को उत्पादन केन्द्रमा छापा हानेका छन् ।

डीडीसीका उत्पादनहरु गुणस्तरहीन रहेको समाचारहरु संचारमाध्यमा आइरहेका बेला मन्त्री खनाल सोमबार यसबारे अनुगमन गर्न बालाजु औद्योगिक क्षेत्रमा रहेको डीडीसीको उत्पादन केन्द्रमा पुगेका हुन् ।

मन्त्रालयका अधिकारी, सञ्चारकर्मीको टोलीसहित मंगलबार बिहान पुगेका मन्त्री खनालले अनुगमन गरिरहेका छन् ।

दूध बनाउन प्रयोग हुने पाउडरमा स्पष्ट रुपमा मिति उल्लेख नभएकाे भेटिएपछि अनुगमन टाेलीले पाउडर गाेदाममा शिल गरिदिएकाे छ ।

मन्त्री खनालले पछिल्लो समय मन्त्रालयकाे क्षेत्राधिकारभित्र पर्ने तरकारी बजार, दुग्ध उत्पादन कम्पनीहरुको अनुगमनमा सक्रियता देखाएका छन् । यसअघि मन्त्री खनालले कालीमाटी तरकारी बजारको पनि अनुगमन गरेका थिए ।

 

 

सोम, जेष्ठ २८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस