सुन तस्करका मुख्य अभियुक्त गोरे, एसएसपी खत्री र गुरुङ काठमाडौं आए, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान !

विराटनगर । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्यको हत्या अभियोगमा पूर्पक्षका लागि जेलमा रहेका चूडामणि उप्रेती ‘गोरे’ र छिरिङ वाङ्देल गुरुङलाई मोरङबाट आज काठमाडौं पठाइएको छ । मोरङ जिल्ला कारागारका जेलर शंकर पौडेलका अनुसार सोमबार उनीहरुलाई विराटनगर विमानस्थलबाट काठमाडौं पठाइएको छ ।

उनीहरुमाथि सम्पत्ति शुुद्धीकरण विभागले अकूत सम्पत्ति कमाएको आरोपमा अनुसन्धान गर्नेछ । झुम्का कारागारमा रहेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई पनि काठमाडौं पठाइएको छ ।

उनीहरुलाई काठमाडौंको कुन कारागारमा राख्ने भन्ने टुङ्गो लागेको छैन । पूर्पक्षका लागि जेल चलान भएकाहरु अभियुक्तमाथि अनुसन्धान गर्न नमिल्ने भएपछि सम्पत्ति शुद्धीकरणमा उनीहरुमाथि अनुसन्धान हुन लागेको हो । काठमाडौं ल्याएकै अवस्थामा उनीहरुमाथि गृहको विशेष अनुसन्धान समितिले पनि थप अनुसन्धान गर्ने बताइएको छ । गृहको टोलीले गोरे, भुजुङ र छिरिङलाई सँगै राखेर अनुसन्धान गर्ने योजना बनाएको छ ।

 

सोम, जेष्ठ २८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस