काँग्रेस नेता गगन थापाले भने लोकतन्त्रलाई राजा र विप्लप बाट हैन नेकपा बाट खतरा छ !

जेठ २८, २०७५ काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीबाट लोकतन्त्रमाथि खतरा रहेको बताएका छन्।

नेपाल विद्यार्थी संघ काठमाडौंले गरेको ‘अबको कांग्रेस र युवाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै युवा नेता एवं प्रतिनिधिसभा सदस्य थापाले लोकतन्त्रलाई खतरामा पार्न नेकपा लागिपरेको आरोप लगाएका हुन्। उनले लोकतन्त्र पूर्वराजा ज्ञानेन्द्र शाह र नेत्रविक्रम चन्द विप्लवबाट नभइ सरकारको नेतृत्व गरिरहेको दलबाट रहेको बताएका हुन्। उनले नेकपाभित्र लोकतान्त्रि चरित्र कत्तिपनि नदेखिएको बताए।

दल दर्ता गर्न निर्वाचन आयोगमा जाँदा नेकपाको नेतृत्वलाई महिला नेतृहरूले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता माग गर्दा ‘ट्याउँ ट्याउँ नगर्नुस्’ भनेकोबाटै नेकपाको लोकतान्त्रिक चरित्र देखिएको बताए। उनले त्यस्तो पार्टी लोकतान्त्रिक हुन नसक्ने बताए।

 

सोम, जेष्ठ २८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस