यी हुन मेस्सीको नजरमा अर्जेन्टिनाका उपाधि बाधक ५ राष्ट्र, हेर्नुस कुन कुन परे ?

अर्जेन्टिनाले पहिलोपटक विश्वकप खेल्न लागेको राष्ट्र अाइसल्याण्डसँग शुक्रबार प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्दैछ। त्यसपछि क्रोयोसिया र नाइजेरियासँग उसको भिडन्त हुनेछ।लियोनल मेस्सीले अर्जेन्टिनालार्इ २०१४ काे विश्वकप फाइनलसम्म डोर्याएका थिए। फाइनलमा उनको टोली जर्मनीसँग १-० गोलअन्तरले पराजित भएको थियो।

यसविश्वकपमा पनि मेस्सीको टोलीलार्इ उपाधि दाबेदार टोलीका रुपमा लिइएको छ। मेस्सीले अाफ्नो उक्त बाटोमा पाँच टोली मुख्य बाधक रहेको बताएका छन्।

स्पोर्टस म्यागेजिनलार्इ दिएको प्रतिक्रिया अनुसार ब्राजिल, जर्मनी, स्पेन, फ्रान्स र बेल्जियमलार्इ उनले अाफ्नो उपाधि यात्राका बाधक टोलीका रुपमा लिएका छन्।

‘उनीहरु अात्मविश्वासी टोली भएको र व्यक्तिगत रुपमा पनि राम्रा खेलाडी भएका टोली हुन,’ मेस्सीले भनेका छन, ‘तर अर्जेन्टिना पनि कम छैन। हामीसँग राम्रा र अनुभवी खेलाडीहरु छन्।‘ एजेन्सी

 

 

सोम, जेष्ठ २८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस