प्रदेश नं ४ को संसद बैठकमा कांग्रेस सांसदको तमासा (कुटाकुटको भिडियोसहित)

पोखरा प्रदेश नं ४ को संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समर्थित सांसदहरुले बितण्डा मच्चाएका छन् । अशिष्ट र अभद्र शैली मात्रै नभई हात हालाहालको अवस्था आएपछि प्रदेश नं ४ को बैठक स्थगित गरिएको छ ।

बिपक्षीबाट सोमवार प्रदेश नं ४ को संसदमा बितण्डा मच्चाएका हुन् । बिपक्षी दलका सांसद रोष्टम तिर आक्रमक शैलीमा, चर्को नाराबाजी गरेका छन् । बजेट भन्दा प्रदेशको नाम सम्बन्धी प्रस्ताव पहिला ल्याउनुपर्ने बिपक्षीको माग राखेर अभद्र प्रदर्शन गरेका हुन् । उनिहरुले सत्तापक्षले मनपरि गरेको आरोप समेत लगाएका छन् । पहिलो टिभीले युट्युवमार्फत सार्वजनिक गरेको प्रत्यक्ष भिडियोमा विपक्षी सांसदहरुले मर्यादापालकमाथि हातपात समेत गरेको देखिएको छ । सांसदहरुले संसदभित्र हातहालाहालको अवस्था सिर्जना गरेपछि बैठक स्थगित गरिएको छ । दृष्टिन्युजबाट

भिडियो

सोम, जेष्ठ २८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस