के के जफत गर्यो आरके ज्वेलर्सबाट सरकारी छानबिन समितिले !

काठमाडौं । राजेन्द्रमान शाक्यले न्युरोड र दरबारमार्गमा सञ्चालन गरेको आरके ज्वेलर्समा सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले छापा हानेको छ । न्युरोडका दुई र दरबारमार्गको एउटा पसलमा छापा हानेर त्यहाँ रहेको सुन, चाँदी, हीरालगायत सबै सामान जफत गरिएको टोलीमा रहेका एक सदस्यले जानकारी दिए ।

छापा हान्ने टोलीमा विशेष अनुसन्धान समितिसहित कर कार्यालय, आपूर्ति व्यवस्थापन विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि तथा वडाका जनप्रतिनिधि पनि सहभागी थिए । छापा हान्नका लागि सो टोली सुरक्षाकर्मीसहित सोमबार दिउँसो न्युरोड र दरबारमार्ग पुगेको थियो ।

ज्वेलर्सका सञ्चालक शाक्य यसअघि नै पक्राउ परेर पूर्पक्षका लागि मोरङ कारागारमा छन् । यसअघि शुक्रबार प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो ।

सोम, जेष्ठ २८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस