ट्रम्प र किमबीचको बहुप्रतिक्षित शिखर वार्ता संयुक्त दस्तावेजमा हस्ताक्षर !

सिंगापुर । बहुचर्चित अमेरिकी र उत्तर कोरियाली शिर्ष नेतृत्वबीचको वार्ता सम्पन्न भएको छ ।

नेपाली समय अनुसार बिहान पौने ७ बजे वार्ता शुरु भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको ‘वन अन वन’ शिखरवार्ता सकिएको छ ।

सिंगापुरमा भएको वार्तामा दुवै देशका केही अनुवादकको सहयोगमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले ‘वन अन वन’ वार्ता गरेका थिए । वार्तामा दुवै देशका शीर्ष नेताले उठाएको विषय भने विस्तृतमा सार्वजनिक भएको छैन । शीर्ष नेताहरुले वार्ता सकारात्मक रहेको र थप वार्ता आ–आफ्ना देशका सरकारी टोलीका बीचमा हुने प्रतिक्रिया अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले, दुई देशका अधिकारीहरु सम्मिलित वार्ता शुरु भएको छ । दुइ मुलुकबिच ऐतिहासिक वार्तामा उत्तर कोरियालाई परमाणु अस्त्र निशस्त्रीकरण गराउनु आफ्नो पहिलो उद्देश्य रहेको अमेरिकाले बताएको छ । यसको बदलामा उत्तर कोरियाको सुरक्षाको ग्यारेण्टी अमेरिकाले गर्ने र विकासका कुरामा पनि जोड दिने अमेरिकाको भनाई छ ।

अमेरिकाले चीनले चाहेमा वार्ता निष्कर्षमा पुग्ने पनि बताएको छ । उत्तर कोरियाली नेता उनले आफ्नो भावी लक्ष्य विकास र समद्दि हुने बताएका छन् । अन्तराष्ट्रिय लगानीको ग्यारेण्टी पनि खोजेको खबरहरुमा उल्लेख छ । दुई देशको वार्तालाई विश्व समुदायले चासो र उत्सुकताका साथ हेरिरहेको छ ।

२ नेताबीच सहमति भए उत्तर कोरियाले आणविक हतियारको होड त्यागेमा विश्वमा शान्ति स्थापना हुने विश्व समुदायको आशा र अपेक्षा रहेको विश्वभरिका संचारमाध्यमले जनाएका छन् ।विश्व कै शान्ति प्रकृयाका लागि शिखरवार्ता टर्निङ प्वाइण्ट हुने विश्व समुदायको अपेक्षा छ ।

ट्रम्प मङ्गलबार नै अमेरिका फर्कने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किनुहुने भएको छ ।अपेक्षा गरिएभन्दा चाडो उहाँ वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ ।

ट्रम्प र किमबीच मङ्गलबार सिंगापुरमा शिखर वार्ता हुन लागेकोमा वार्ता सकिने वित्तिकै ट्रम्प सोही बेलुका आठ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्नुहुने छ । उहाँहरूबीच बिहान नौ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

सामूहिक भेटवार्तापछि उहाँहरुका बीचमा एक्ला एक्लै भेटवार्ता हुने छ । एक्ला एक्लै भेटवार्तामा उहाँहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन् । एएफपी

 

मङ्ल, असार १, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस