सरकारले कसलाई बनाउला सर्वोच्च अदालतको प्रधानन्यायाधीश, आज ४ बजे हुनेछ फैसला !

जेठ २९ काठमाडौँ, तीन महिनादेखि रिक्त प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्ने भएको छ।

मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्ने भएको हो।

गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ। त्यसयता कायममुकायम प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व गरिरहेका छन्।

प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना पहिलै र कारणवस अचानक रिक्त भए एक महिनासम्ममा प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिको प्रकृया अघि नबढाएको भन्दै आलोचना भएपछि बैठक बस्न लागेको हो।

 

मङ्ल, असार १, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस