प्रचण्डको चेतावनी गल्ति गर्ने मेरै घरबेटीलाई पनि कारबाही हुन्छ !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गल्ती गरेका भए आफ्नै घरबेटीमाथि पनि राज्यले कार्वाही गर्नुपर्ने बताएका छन्। मंगलबार विहान गृहजिल्ला चितवन पुगेका प्रचण्डले भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा यो कुरा बताएका हुन्।

ठेक्का पुरा नगरेकोमा तपाईकै घरबेटीमाथि पनि कार्वाही हुने चर्चा छ नि भन्ने पत्रकारहरुको प्रश्नमा प्रचण्डले भने, ‘घरबेटी कि न घरबेटी भन्ने चर्चा गर्न आवस्यक छैन, ठेकेदारहरुले समयमा काम सम्पन्न गर्नुपर्छ।’

‘ठेक्कामा कसैले लापरवाही गरेको छ भने सरकार कडाईपूर्वक जानुपर्छ भन्ने कुरामा कसैको पनि विमति छैन’ प्रचण्डले भने, ‘म जसको घरमा बस्छु, त्यो घरको मान्छेले पनि गल्ती गरेको छ भने कार्वाही हुनुपर्छ, गल्ती गरेको छैन भने प्रोत्साहित गर्नुपर्छ।’

निर्वाचन भएको केही समयपछि प्रचण्ड शारदाप्रसाद अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन्। कलंकी–नागढुङ्गा सडकखण्ड समयमै निर्माण सम्पन्न नगरेको भन्दै अधिकारीको आलोचना हुँदै आएको छ।

 

 

मङ्ल, असार १, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस