अब एक महिनाभित्रै स्मार्ट लाइसेन्स !

काठमाडौं , ३० जेठ ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको छ । यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनका लागि महिनौं कुर्नुपर्ने बाध्यता हट्ने भएको छ ।

विभागसँग ५ वटा मात्र छपाई मेसिन हुँदा मागबमोजिम छपाई हुन सकेको थिएन । आजको नेपाल समाचारपत्रमा दैनिकमा समाचार छापिएको छ ।

तर, ४ वटा आधुनिक प्रविधिसहितको प्रिन्टर मेसिन सञ्चालनमा आएपछि अब दैनिक ५ हजार स्मार्ट कार्ड छपाई हुने भएको छ । अबको दुई महिनापछि सेवाग्राहीले एक महिनाभित्र नै स्मार्ट लाइसेन्स प्राप्त गर्न सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

 

बुध, असार २, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस