ओली सरकारका संचार मन्त्रीको हर्कत आफु अनुकुलको प्रश्न नसोधेपछि ठाडो आदेशमा बन्द गराईदिए टेलिभिजन कार्यक्रम !

काठमाडौं । नेपाल टेलिभिजनमा प्रत्येक शनिबार राति ८ः४५ बजे प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक बहस कार्यक्रम बन्द भएको छ । सामसुङको कम्पनीको आइफोन सम्पति भएको विवरण लेख्‍ने सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको झुट सरकारी मिडियाको अन्तर्वार्तामा पक्रिएर खुइल्याएपछि नेपाल टेलिभिजनको १२ वर्षदेखि चलिरहेको सीधा प्रश्न नामको कार्यक्रम बन्द भएको छ।

दुई तिहाई बहुमतको सरकारका मन्त्रीलाई सरकारी मिडियाबाटै खुइल्याउने कहाँसम्मको आँट त ए यसको! अलि अलि पञ्चायत कालको नेपाल टेलिभिजन र रेडियो नेपाल हेरेर पनि सिक्नु नि। केही छैन अब यस्तो कारबाही भएपछि अरुले पक्कै सिक्ने छन्।

खासमा कार्यक्रममा भएको चाहिँ के थियो त? कार्यक्रम सञ्चालक राजु थापाले कम्युनिस्ट सरकारका मन्त्रीहरुको दाइजोको प्रसंग उठाउँछन्। मन्त्री बिस्तारै आक्रोशित हुँदै गइरहेका हुन्छन्।

हेर्नुस भिडियो

 

 

बुध, असार २, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस