गृहमन्त्री बादलको गर्जन भ्रष्ट र गुण्डाहरु अब समाप्त हुन्छन !

जेठ ३० काठमाडाै, गृहमन्त्री रामबहादुर थापाले भ्रष्ट र गुण्डाहरुलाई समाप्त पार्ने चेतावनी दिनु भएको छ ।

गृहमन्त्री थापाले भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावलीसहितको सूचना गृह मन्त्रालयमा उपलब्ध गराउन पनि उद्योगी, व्यवसायीहरुलाई आह्वान गर्नुभयो ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारण सभालाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले समृद्धि चाहने हरेकले भ्रष्ट र गुण्डागर्दी गर्नेहरुलाई समाप्त पार्ने सरकारको अभियानमा साथ दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

गृहमन्त्री थापाले विकास र समृद्धिको मुख्य बाधकको रुपमा रहेको भ्रष्टाचारलाई अन्त्य गर्न सरकारले शुन्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पार्नुभयो । उहाँले उद्योगहरुको समृद्धि र विकासका लागि सरकारले सुरक्षाको उचित व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

गृहमन्त्री थापाले असुली धन्दामा प्रहरी समेतको संलग्नता हुने गरेको उल्लेख गर्दै त्यस्ता तत्वलाई पनि निष्तेज पार्ने चेतावनी दिनुभयो ।

गृहमन्त्री थापाले कुशासनलाई सुशासन र भ्रष्टाचारलाई सदाचारमा नबदलेसम्म मुलुक समृद्ध हुनै नसक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले सरकारले मुलुकको विकास र समृद्धिको मार्गमा बाधकको रुपमा रहेको ऐन, कानुनलाई परिमार्जन गर्दै लैजाने नीति लिएको समेत बताउनु भयो ।

 

बुध, असार २, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस