तीन महिनाभित्र नेपाल छोड्न संयुक्त राष्ट्रसंघका कर्मचारीलाई सरकारको कडा निर्देशन !

काठमाडौं अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपसहित केपी ओली नेतृत्वको सरकारले बन्द गर्ने निर्णय गरेको संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशनको कार्यालय कर्मचारीहरुलाई तीन महिनाभित्र नेपाल छोडेर जान निर्देशन दिएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार उक्त मिशनमा कार्यरत कर्मचारीहरुलाई बोलाएर यस्तो निर्देशन दिइएको हो । सूत्रका अनुसार नेपालबाट बाहिरिने योजनाबारेमा छलफल गर्न भन्दै बोलाएको बैठकमा उनीहरुलाई कुटनीतिक मर्यादा अनुसार तीन महिनाभित्र देश छोडिसक्नुपर्ने प्रावधानबारे संस्मरण गराइएको एक अधिकारीले जानकारी दिए ।
गत साता मन्त्रिपरिषद बैठकद्वारा निर्णय गरेर बन्द गरिएको काठमाडौँस्थित राष्ट्र संघको ‘डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स’ (डिपिए) मा कार्यरत अधिकृत तथा कर्मचारीलाई नेपालबाट फिर्ता हुन सरकारले आवश्यक सहयोग गर्ने र समन्वय गर्ने जानकारी गराएको छ ।
सूत्रका अनुसार तराईमा विखण्डनकारी अभियान चलाउँदै आएको सिके राउतलाई सहयोग गर्दै आएका डिपिएका कर्मचारीहरुले उक्त मिशनको समयावधी लम्ब्याउन अन्तर्राष्ट्रिय क्षेत्रमा लविङ सुरु गरेपछि सरकारले मंगलबार बोलाएर तीन महिनाभित्र देश छोड्ने गरी तयारी गर्न निर्देशन दिएको हो । परराष्ट्र मन्त्रालय सूत्रका अनुसार राष्ट्र संघीय नियोगका कर्मचारीकाहरुको गतिविधि सही नसक्नु भएमा त्यसअघि नै ४८ घण्टे पुर्जी काटेर धपाउनुपर्ने बाटो समेत खुल्ला छ । स्रोत: दृस्टी न्युज

 

बुध, असार २, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस