बिश्वकपको मुखैमा स्पेनका मुख्य प्रशिक्षकको बर्खास्तीमा, कस्तो होला प्रशिक्षक बिना स्पेनको प्रदर्शन !

२९ जेठ, काठमाडौं । विश्वकप फुटबल सुरु हुन एक दिन बाँकी रहँदा स्पेनले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ ।

स्पेनले १ असारमा पोर्चुगलसँग पहिलो खेल खेल्दैछ । तर, त्यसअघि प्रशिक्षक बर्खास्तीमा परेका हुन् ।स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको हो । संघलाई कुनै जानकारी नदिई रियल मड्रिडसँग सम्झौता गरेकाले लोपेटेगीलाई बर्खास्त गरिएको उसले बताएको छ ।स्पेनिस क्लब रियल मड्रिडले मंगलबार मात्र लोपेटेगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो ।

‘मलाई थाहा छ यो निकै कठिन समय हो । र, मैले जे गरेपनि आलोचना हुन्छ’ अध्यक्ष लुइस रुबियल्सले भने ।

 

 

बुध, असार २, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस