९१ केजीको केक काट्दै बाबुरामले भने ओली र प्रचण्ड दाह्री काट्ने बाँदर हुन (भिडियो सहित) !

काठमाडौँ, ३० जेठ : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गरिबीमा पिल्सिएका जनताको जीवनस्तरमा सुधार भएपछि मात्र देशमा सामाजिक रुपान्तरण सम्भव रहेको बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हामीले समाज सेवा र मानवजातिको रुपान्तरणका लागि राजनीतिक गतिविधि सञ्चालन गरेका छौँ, हाम्रै जीवनकालमा नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छ ।”

भ्रष्टाचारमा लिप्त भएका नेताले मुलुकमा आर्थिक परिवर्तन गर्न नसक्ने बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले सत्ता स्वार्थका लागि आदर्श बदल्न नहुने र जनता गरीब भएर नेता धनी हुनुको अर्थ नहुने बताउनुभयो ।

ओली सरकार दाह्री काट्ने बाँदर

संयोजक भट्टराईले सरकारलाई मान्छेको देखासिकी गर्दै दाह्री काट्ने बादरको संज्ञा दिएका छन्। दाह्री काटिरहेको मान्छेलाई देखेर बाँदरले पनि दाह्री काट्न खोज्दा उसको नाक काटिदिएको कथा सुनाउँदै उनले सरकार पनि देखासिकी गरिरहेको र उसको पनि नाक काटिने दाबी गरे।

‘मान्छेले दाह्री काटेको देखेर बाँदरले छुरा चलाउँदा उसको नाक काटिएको थियो’ भट्टराईले भने,‘अरुको देखासिकी गरेर अहिलेको सरकारले सम्वृद्धि ल्याउन सक्दैन।’

(भिडियो)

 

बुध, असार २, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस