कसरी लाग्यो दिपिका पादुकोण बस्ने अपार्टमेन्टमा आगलागी !

बलिउड अभिनेत्री दीपिका पादुकोण बस्ने अपार्टमेन्टमा आगलागी भएको छ।

उनी ब्युमोन्ड टावर्समा बस्छिन् जसको ३३ औँ तल्लमा आगलागी भएको थियो।

उनले ट्वीट गर्दे भनेकी छन् ‘म अहिले सकुशल छु, सबैलाई धन्यवाद। आफ्नो जीवनमा दाउ लगाएर अरुकाे उद्धारमा खटिएका अग्निनियन्त्रकका जीवनरक्षाकाे कामना गराैँ।’

दीपिका उक्त अपार्टमेन्टको २६ औँ तल्लामा बस्दै आएकी छिन्। तर आगलागीको बेला उनी त्यहाँ थिइनन् । उनी सुटि‌‌ङको लागि बाहिर छिन् ।

प्रहरीका अनुसार आगालागी करिब २ बजेर १० मिनेटमा माथिल्लो तल्लामा भएको थियो र केही बेरमै बाक्लो धुवाँको मूस्लो देखिएको थियो।

दर्जनौँ बारुण यन्त्रले आगोको लप्काहरु निभाउने प्रयास गरेका थिए । करिब ९० देखि ९५ व्यक्तिलाई सकुशल उद्धार गरिएको थियो ।

बुध, असार २, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस