बाजेको सेकुवा ब्राण्डका ६ वटा पसलमा प्रहरीको शिलबन्दी, लाग्यो यस्तो गम्भीर आरोप

काठमाडौं । बाजेको सेकुवा नामबाट संचालित ६ वटा शाखामा शिलबन्दी गरिएको छ ।

बाजेको सेकुवाका संचालक चेतन भण्डारी पटकपटक गरी ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या अभियोगकामा  फरार अभियुक्त  भएपछि छानबिन टोलीले  बत्तिसपुतली, सोह्रखुट्टे, सामाखुसी, कमलपोखरी, गैरीधारा र अनामनगरका शाखा शिलबन्दी गरेको छ ।

भण्डारीमाथी हत्या, अपरहण, शरीर बन्धक, तस्करी लगायतका विषयमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको र अदालतकै आदेशअनुसार सेकुवा पसलहरुमा  गृह सह सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष छानबिन टोलीले बुधबार ६ वटै शाखामा सिलबन्दी गरीएको छ भने बाजेको सेकुवा नामबाट संचालित अन्य पसलहरुलाई समेत नाम परिवर्तन गर्न भनिएको छ ।

देशभर बाजेको सेकुवानामबाट संचालित १३ वटा पसलहरु रहेको र अन्य ७ अरुले नै चलाएका छन् ।

 

 

बिहि, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस