बिश्वका चर्चित फुटबल विश्लेषक तथा प्रशिक्षक मोरिन्होको विश्वकप प्रेडिक्सन, यसरी भिड्ने छन अर्जेन्टिना र पोर्चुगल फाईनलमा !

विश्वकप फुटबलको २१ औँ संस्करण बिहीबारदेखि रुसमा सुरु हुँदैछ । रुसमा हुने विश्वपकको प्रतिक्षा विश्वभरका फुटबल फ्यानहरु छन् ।

फुटबल पण्डितहरुले आआफ्ना विश्लेषण र दलिल दिएर प्रेडिक्सनहरु गरिरहेका छन् । प्रेडिक्सन फुटबल पण्डितले मात्रै होइन, समर्थकका समूहमा पनि हुने गरेका छन् ।

तर खेल बुझेको र त्यसको रणनीति आफैले बनाउने व्यक्तिले गरेको प्रेडिक्सनले केही अर्थ पक्कै राख्छ । म्यानचेस्टर युनाइटेडका पोर्चुगिज प्रशिक्षक मोरिन्होले विश्वकपका लागि आफ्नो प्रेडिक्सन गर्दै यो विश्वकपको फाइनल निकै ‘भयानक’ हुने बताएका छन् ।

उनको प्रेडिक्सन अनुसार फाइनलमा यो शताब्दीकै दुई उत्कृष्ट खेलाडीको भेट हुनेछ, क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी । अर्थात रुस विश्वकपमा सबैलाई पछि पार्दै रोनाल्डोको पोर्चुगल र मेस्सीको अर्जेन्टिना फाइनलमा पुग्ने छन् ।

फाइनल यात्राका लागि पोर्चुगलले सेमिफाइनलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई हराउने उनको प्रेडिक्सन छ । यस्तै अर्जेन्टिनाले यसअघिको फाइनलमा बेहोरेको हारको बदला जर्मनीसँग सेमिफाइनलमा लिएर अन्तिम यात्रा तय गर्ने उनको भविष्यवाणी छ । ब्राजिलले जर्मनीलाई हराएर तेस्रो स्थान लिने मोरिन्होले प्रेडिक्ट गरेका छन् ।

यसअघि मोरिन्होले स्टार स्ट्राइकर रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल सेमिफाइनलसम्म पुग्ने बताएका थिए । सेमिफाइनलमा पुग्नका लागि पोर्चुगलले क्वाटरफाइनलमा फ्रान्सलाई हराउने उनले बताएका छन् ।

भिडियो

पोर्चुगलले दुई वर्षअघि घरेलु मैदानमै फ्रान्सलाई हराउँदै युरोकप फुटबलको उपाधि उचालेको थियो । मोरिन्होका अनुसार पोर्चुगलले फेरि फ्रान्सलाई हराउने छ ।

मोरिन्होका अनुसार ब्राजिल इंग्ल्याण्डलाइ हराएर सेमिफाइनलमा पुग्ने छ । अर्को तर्फ लियोनल मेस्सीको टिम अर्जेन्निटनाले स्पेनलाई हराएर अन्तिम चारको यात्रा तय गर्ने उनले यसअघि प्रेडिक्ट गरेका थिए ।

त्यस पछिको प्रेडिक्सनमा पोर्चुगल र अर्जेन्टिना अघि बढ्ने मोरिन्होले बताएका हुन् । उनले फाइनलमा कसले जित्छ भन्ने चाहिँ प्रेडिक्ट गरेका छैनन् ।

तर फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने र त्यसमा रोनाल्डो र मेस्सीको भूमिका महत्वपूर्ण हुने उनले बताएका छन् । रोनाल्डो पेनाल्टीमा गोल गर्न माहिर मानिन्छन् । मेस्सीले दुई वर्षअघि कोपा अमेरिकाको फाइनलमा चिलीसँगको खेलमा पेनाल्टी गुमाएका थिए ।

 

 

 

बिहि, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस