संचारमन्त्रीको ठाडो आदेशमा बन्द भएको टेलिभिजन सो प्रति संसदमा काँग्रेसले माग्यो सरकारको जबाफ !

जेठ ३१ काठमाडौँ, प्रतिनिधिसभाको बिहिबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्ने क्रममा सांसद मिनेन्द्र रिजालले सो कुराप्रति आपत्ति जनाएका हुन्।

उनले सम्पत्ति विवरण पत्रकारले देखाए भन्दैमा कार्यक्रम बन्द गरिएकोमा आक्रोश पोखे। उनले भने, ‘यही हो नमूना सार्वजनिक सेवा प्रसारणमा जाने सरकारको ?’

यसका साथै, रिजालले सरकारले संविधानको भावनालाई हरेक स्थानमा कुल्चिदै गएको उल्लेख भन्दै नियम कानून र संविधानको पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

रिजालले सरकारलाई पनि नियम कानून र संविधानबाट बाहिर जाने अधिकार नभएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए।

सरकारका सबै निकायबाट धम्क्याउने, थर्काउने तथा खिसिट्युरी गर्ने काम भएको भन्दै उनले दुई तिहाईको दम्भ देखाइए प्रतिपक्षी दलले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी नै दिए।

 

 

बिहि, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस