विश्वकपको भविष्यवाणी गर्ने अाधिकारिक जनावरको मान्यता पाएको बिरालोको भविष्यवाणी उद्घाटन खेल रसियाले जित्छ (भिडियो सहित) !

एकिलिज नामक बिरालोले विश्वकपको उद्घाटन खेल अायोजक रुसले जित्ने भविष्यवाणी गरेको छ। उद्घाटन खेलमा अाज राति पौने ९ बजे रुस र साउदी अरेबिया भिड्दैछन।

कान नसुन्ने उक्त बिरालोलार्इ विश्वकपको भविष्यवाणी गर्ने अाधिकारिक जनावरको मान्यता दिइएको छ। बुधबार दुर्इ देशका झण्डासहित बिरालोको खानेकुरा राखेका बेला एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो।

सन् २०१० को विश्वकपमा पाँल नामको अक्टोपसले गरेको भविष्यवाणी मेल खाएपछि उ सेलिब्रटी बनेको थियो। उसले समूहचरणमा गरेका भविष्यवाणीहरु मेल खाएको थियो। यस्तै फाइनलमा उसले स्पेन जित्छ भनेर गरेको भविष्यवाणी पनि सही ठहरिएको थियो।

निलो आखाँ र सेतो रंगको यो विरालो पिटर्सबर्गको हर्मिटेज म्यूजियममा राखिएको छ। म्युजियममा उनको हेरचाहको जिम्मा पाएकी अन्ना कासातकिना भन्छिन्, ‘यसअघि एकिलिजले कन्फडेरेसन कपको पनि भविष्यवाणी गरेको थियो। जसमा उसले गरेका भविष्यवाणी शत प्रतिशत मेल खायो। उ कान नसुन्ने भएकाले पनि निष्पक्ष भविष्यवाणी गर्ने गर्छ। कान नसुन्ने भएकाले बाहिरबाट उसको ध्यानभंग पनि कसैले गर्न सक्दैन् र उसले आफ्नो हृदयले सही भविष्यवाणी गर्नेछ।’

 

 

बिहि, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस