पोर्चुगलका स्टार रोनाल्डोलाई ठुलो झट्का रोनाल्डोको फ्रिकिक रोक्ने गरि बल बनाईएको खुलासा !

एडिडासले निर्माण गरेको यसवर्षको विश्वकप बल ‘टेलिस्टार १८’ लाई खेलाडीहरुले पार्ने अस्वभाविक प्रभाव घटाउने गुणहरु सहित तयार पारिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।

खेलाडीहरुले सट प्रहार गर्दा घुमाउरो तरिकाले बलअघि बढ्ने मात्रामा कमी ल्याउने गुणसहित बल तयार गरिएपछि त्यसको मुख्य प्रभाव पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोलाई परेको छ।

रोनाल्डो आफ्ना फ्रिकिकहरुमा ‘नकल सट’ भनिने घुमाउरो सट प्रहार गर्न माहिर खेलाडी मानिन्छन। थुप्रै त्यस्ता सटहरु उनले गोलमा पनि परिणत गरेका छन्।

यता, अहिलेसम्मका विश्वकपमा प्रयोग गरिएको भन्दा यो बल निकै उपर्युक्त रहेको एडिडासले दाबी गर्दै आएको छ। एडिडासले यसको निर्माणका लागि तीन वर्ष विताउनुका साथै लाखौं पाउण्ड रकम खर्च गरेको थियो। एजेन्सीं।

 

बिहि, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस