बिश्वकपका कारण रुसमा यसरी बढ्ने छ एकल आमाको संख्या !

विश्वकप फुटबलको आयोजक राष्ट्र रुसलाई एकल आमाको संख्या बढ्ने चिन्ताले छोएको छ । रुसका महिलाले विश्वकपको समयमा आएका विदेशी पुरुषसँग यौन सम्बन्ध राख्नाले एकल आमाको संख्या बढ्न सक्ने चिन्ताले छोएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबर अनुसार रुसी संसद तामरा प्लेतन्योभाले रेडियो गोभोरिक मोस्कोभालाई अन्र्तवार्ता दिदै विश्वकपपछि एकल आमाको सङ्ख्या बढ्ने चिन्ता व्यक्त गरेकी छन् । उनले विदेशी पुरुष र रुसी महिलाबाट जन्मने बच्चाल पछि दुःख पाउन सक्ने समेत बताइन् ।

उनले विश्वकपका समय आएका पुरुषसँग यौन सम्बन्ध नराख्न समेत रुसी महिलालाई आग्रह गरेकी छन् । रुसी ससंदमा परिवार, महिला तथा बालबालिका समितिकी प्रमुख समेत रहेकी प्लेतन्योभाले विदेशी अश्वेत पुरुषसँग यौन सम्बन्ध राख्दा मिश्रित सन्तान जन्मन सक्नेप्रति सचेत गराइन् ।

उनले सन् १९८० को मस्को ओलम्पिकपछि विदेशी पिताबाट जन्मिने बच्चाको सङ्ख्या एक्कासी वृद्धि भएको स्मरण गर्दै विदेशीसँग यौन सम्बन्ध रुसीका लागि खतरनाक हुने बताइन् ।
उनले रुसी महिलाले रुसी पुरुषसँगै विवाह गर्नु पर्ने बताइन । ‘विदेशीसँग सम्बन्ध राख्दा बच्चा र आमा दुवैको विजोग हुन्छ,मिश्रित सन्तान जन्मन्छन्, त्यसकारण सुखी परिवारको लागि रुसी नागरिकले एकअर्कासँग विवाह गर्नुपर्छ ।’ उनले भनिन् । एजेन्सी

 

 

शुक्र, असार १, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस