महंगीको बिरोध गर्दै सरकार बिरुद्द आन्दोलन गरेको काँग्रेस कार्यालय भित्रै ओली सरकारको यस्तो वितण्डा (भिडियो सहित)

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट घोषणा गलत्तै दैनिक अत्यावश्यकीय खाद्यबस्तु र सेवा क्षेत्रमा बढाएको अनपेक्षित महंगीको विरोधमा उत्रिएको नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको आन्दोलन रोक्न पार्टी कार्यालयमै आक्रमण गरेको छ। नेविसंघले देशैभर विरोध प्रदर्शन गरिरहेका बेलामा आन्दोलन रोक्न प्रहरीले पार्टी कार्यालयभित्रै पुगेर हस्तक्षेपसमेत गर्न थालेको छ। प्रहरीले सुर्खेतको काँग्रेस पार्टी कार्यालयभित्र प्रवेश गरी बिहिबार हस्तक्षेप गरेको हो।

(हेर्नुस भिडियो)

आन्दोलनकारीलाई खोज्ने भन्दै प्रहरी पार्टी कार्यालयभित्रै पुगेको हो। प्रहरीको यो हर्कतलाई भने काँग्रेसले ओली सरकारले मच्चाएको आतंकको संज्ञा दिएको छ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सुर्खेत घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै शर्माले ‘सडक लोकतन्त्रको अभिन्न अंग हो, त्यहाँको प्रदर्शनपछि पार्टी कार्यालयभित्रै पसेर दमन गर्ने प्रयत्न जंगली शैली हो। यस्ता घटनाको प्रतिवादमा सिंहदरबारभित्रै पसेर प्रमकै कार्यालयअघि प्रदर्शन गर्नुपर्ने स्थिति बन्न सक्छ । सरकार गम्भीर बनोस् !’ भनेका छन्।

 

 

शुक्र, असार १, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस