ओली सरकारले यस कारण फिर्ता बोलायो मुख्यसचिबको जागिर छोडेर एडीबिको जागिर खान गएका सुबेदीलाई !

१ असार काठमाडौँ, मुख्यसचिवको जागिर छोडेर एसियाली विकास बैंकको वैकल्पिक निर्देशक बन्न गएका सोमलाल सुवेदीलाई सरकारले फिर्ता बोलाएको छ।बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २ वर्षका लागि मनिला गएका सुवेदीलालाई १ वर्ष नपुग्दै फिर्ता बोलाएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुवेदी प्रक्रिया मिचेर गएकाले फिर्ता बोलाएर त्यसलाई सच्याइएको बताए।’प्रथम श्रेणीको अधिकृत जानुपर्नेमा निर्णय प्रक्रिया मिचेर उहाँ जानु भएको थियो, उहाँलाई फर्काएर गल्तीलाई सच्याएका हौं,’ पण्डितले सेतोपाटीसँग भने।

बैठकले सुवेदीको ठाउँमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ।२०४५ सालमा शाखा अधिकृत भएका पुडासैनी २०५४ देखि अर्थमन्त्रालयमा कार्यरत छन्।८ वर्षअघि उनी सहसचिव भएका थिए। अर्थमन्त्री युवराज खतिवडाका विश्वासिला मानिएका सहसचिव पुडासैनी राजश्व व्यवस्थापन महाशाखामा कार्यरत छन्।

मासिक १८ हजार अमेरिकी डलर तलब सुविधा हुने एडिबीको वैकल्पिक निर्देशकको कार्यकाल २ वर्षको हुन्छ। एडिबी सदस्य राष्ट्रले क्रमैसँग यो पदमा सिफारिश गर्न पाउँछन्। यस्तो नेताहरुको प्राथमिकतामा सिफारिस हुने गरेको छ।

यसअघि निजमती सेवामा नभएका गोविन्दबहादुर थापालाई पनि सरकारले एडिबीको वैकल्पिक निर्देशक बनाएको थियो।अर्थसचिव भइसकेका रामविनोद भट्टराईले पनि सोही पदमा जागिर खाएका थिए।

भारत लगायतका कतिपय देशहरुले सचिव पनि पठाउने गरेका छन् भने मलेसियाले उपसचिव पठाउने गरेको छ।२०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदी १ वर्ष कार्यकाल बाँकी छँदै एडीबी गएका थिए। उनको पदलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त सेवा अन्तर्गत राखेको थियो।उनी मनिलामै हुँदा सरकारले उनको अतिरिक्त तर्फको मुख्यसचिव पद समेत खारेज गरिदिएको थियो। सुवेदीमाथि बढी पेन्सनको लोभमा राजीनामा नदिएको आरोप लागेको थियो।

 

शुक्र, असार १, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस