ओली सरकारलाई नयाँ शक्तिले भन्यो ” यो सरकार जेट बिमान हैन थोत्रो साईकल जस्तो” !

काठमाडौं- नयाँ शक्ति नेपालका प्रवक्ता डम्बर खतिवडाले वर्तमान सरकार थोत्रो साइकलजस्तो भएको बताएका छन्।शुक्रबार राजधानीमा युवा शक्ति नेपालको नयाँ कार्यसमिति र कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले भने, ‘अहिलेको सरकारले आफूलाई जेट विमान ठान्छ तर हामीले हेर्दा थोत्रो साइकल जस्तो लाग्छ।’ उनले थपे, ‘थोत्रो साइकलको समृद्धि र सुशासनको दुवै पाङ्ग्रा पञ्चट भएजस्तो छ।’

उनले वर्तमान सरकारले ल्याएको बजेटले विकास र समृद्धिको कुरा गरे पनि यसको व्यवहारिक रुपान्तरण गर्न नसक्ने बताए। प्रवक्ता खतिवडाले सरकारको बजेटप्रति आलोचना गर्दै भने, ‘सरकारको बजेट विकास र समृद्धिलक्षित छैन । सामाजिक न्यायलाई सम्बोधन गर्न सक्ने छैन। परम्परागत शैलीमा छ।’

प्रशिक्षण विभाग प्रमुख समेत रहेका खतिवडाले काँग्रेस र कम्युनिष्टहरु लोकतन्त्रका लागि लडेपनि विकास, समृद्धि र सुशासनमा चुकेको टिप्पणी गरे।’

६४ प्रतिशत चालु खर्च र २४ प्रतिशतको विकास खर्च समावेश गरिएको बजेटले मुलुक समृद्ध नहुने प्रवक्ता खतिवडाको बताए।

 

 

शुक्र, असार १, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस