पानीजहाज आगालागी हुँदा नेपालीको १०० औं कन्टेनर सामान नष्ट, कसरी लाग्यो पानी जहाजमा आगो ?

तेस्रो मुलुकबाट अाएका बोकेर अान्द्र प्रदेशकाे कृष्णपटनमबाट कोलकाता बन्दरगाहतर्फ गइरहेकाे ‘एमभी एसएसएल काेलकाता’ पानीजहाज आगालागी हुँदा नेपाली व्यवासायीका एक सय कन्टेनर समान जलेर नष्ट भएका छन्।

बुधबार मध्यरातमा होग्ली नदी र बे अफ बंगालको संगमस्थल सागर नजिकै पानीजहाजमा आगलागी भएको हो। जहाजमा रहेका चालक दल सदस्यलाई हल्दिया बन्दरगाहकाे तटरक्षक टाेलीले उद्धार गरेकाे थियाे।

२२ जना चालक दल सदस्य रहेकाे पानीजहाजमा ४६४ कन्टेनर थिए।

आगालागीमा परी पानीजहाजमा रहेका नेपाली व्यवसायीका सामान ७० प्रतिशत नष्ट भएकाे नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अधयक्ष पशुपति मुरारकाले नेपालखबरलाई जानाकारी दिए। पानीजहाजमा नेपाली उद्योगका लागि आवश्यक कच्चा पदार्थलगायतका सामान थिए।

‘जहाजमा एक्कासि आगलागी भएको सूचना मैले पनि पाएकाे छु’, मुरारकाले भने, ‘जहाजको सामान हालसम्म पनि बाहिर निकाल्न सकिएको छैन। अागाे नियन्त्रणमा अाए पनि जहाजभित्र पानी छिरेका कारण डुब्ने खतरा छ।’

उनकाअनुसार सामानकाे अवस्था के छ भन्नेसम्म जानकारी प्राप्त हुन सकेकाे छैन। अागलागी भएकाे पानीजहाजमा मुरमारका ४ कराेड मूल्यका माेबाइल फाेन सेट पनि छन्।

हल्दिया बन्दरगाह तटरक्षकलाइ उदृत गर्दै द हिन्दू बिजनेसलाइनले जनाएअनुसार जहाजभित्रकाे लगभग सबै सामान जलेर नष्ट भएकाे छ। ‘एमभी एसएसएल काेलकाता’ले १० हजार ६८३ मेट्रिकटन कार्गाे बाेकेकाे थियाे।

खराब माैसमका कारण ‘एमभी एसएसएल काेलकाता’ दुर्घटनामा परेकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

 

 

शुक्र, असार १, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस